समाचार

विरोध प्रदर्शनले काठमाडौँको यातायात प्रभावित



काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको हो । 

यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा  यातायात अवरुद्ध हुनेछ ।

काठमाडौँमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने भएको छ ।