समाचार

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या



बारा, ११ कार्तिक । बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको हो ।

गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।