सम्पादकीय

अंगालोबाटै खोसिए मुटुका टुक्रा, एक्लियो जीवन



सिन्धुली, २९ साउन । ‘साँझ अबेरसम्म हामी दुवै काम गरेर फर्केका थियौं। छोराछोरी खाना खाएर सुतिसकेका थिए। मलाई पनि सन्चो थिएन। करिब १० बजेतिर कटेजको ढोकै निर सुतेँ। पानी हल्का परिरहेको थियो। कामले थाकेकाले निदाइहालेछु । तर मध्यरातमा बज्रपात नै आइलाग्यो, पत्तै भएन आँगालोबाट मुटुका टुक्रा खोसिएको कुरा ।

शनिबार अस्पतालमा भेटिएका तीन छोरा र श्रीमती गुमाएका उदय खड्काले सहिनसक्नु पीडा यसरी सुनाए । सँगै सुतेका तीन छोराछेरी छोराछोरीसंगै जीवन साथीलाई पहिलोका कारण गुमाउनु परेको पीडा सुनाउँदै खड्काले भने, ‘मलाई काल आएन् ।

अब जीवन नै उजाड भयो। कसरी जीवन ज्यूने रु दुःख र मिहिनतले हुर्काएका छोराछोरीको उद्धार गर्न समेत सकिन। श्रीमतीलाई बोलाउँन पनि सकिन। मध्येरात भएकाले साहरा पनि पाउन सकिँन ।’

शनिबार करिब २ बजे टहरोमाथिबाट आएको पहिरोले टहरो पुर्दा कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजारका खड्काको ३२ वर्षीया श्रीमती दुर्गा खड्का, १५ वर्षकी छोरी शोभा खड्का, १० वर्षका छोरा अनिस खड्का र ८ वर्षका मनिस खड्काको एकै चिहान भएको थियो। ‘एउटै खाटमा सुतेका थियौं ।

म ढोका पट्टी थिए। श्रीमती र छोराछोरी भित्तापट्टी थिए। एक्कासी पहिरो आएछ। पुरिसकेपछि मात्रै थाहा पाएँ । ’ उनले भने ‘छोराछारीले त त्यो पनि पत्तो पाएनन् । उनीहरुले ऐया पनि भन्न पाएनन् । ’उनले भगेर यान जोगाएको सुनाए ।  अन्नपूर्ण पोस्ट्मा समाचार छ ।