काठमाडौँ, १३ कार्तिक । हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्