धनगढी, १४ कार्तिक । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको छ ।
गएराति साढे १ बजेतिर कैलालीको गोदावरी नगरपालिका–८ को हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरुलाई ६१ हजार २३० रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जुवाखालबाट दुई गड्डी तास र बाप्र०२–०४१ प १८५४ नम्बरको स्कुटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
गएराति नै कञ्चनपुरको भिमदत्त नगरपालिका–५ वनगाँउका ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरुलाई नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्