काठमाडौँ, १६ कार्तिक । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न लागेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्य सामग्रीलाई परिमार्जन गर्न बिहीबार एक उपसमिति बनाएका छन् ।
उनले प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्यको संयोजकत्वमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहेको उपसमिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुख समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्