विश्व

स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु



भ्यालेन्सिया, १६ कार्तिक । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ ।

स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको छ । स्पेन सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।