मोरङ, १७ कार्तिक । मोरङबाट प्रहरीले चोरी गरेको आरापमा ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ विभिन्न स्थानमा चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका ८ बस्ने विजय चौधरी, विराटनगर महानगरपालिका २ बस्ने मनिष मण्डल र बुढीगंगा गाउँपालिका २ बस्ने किशोर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरी र मण्डलले विराटनगर महानगरपालिका ८ स्थित संगम चोकमा रहेको महेन्द्र माध्यामिक विद्यालयको कोठाको चाबी फोरेर कम्प्युटर मनिटर २ थान, सीपीयु १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेका थिए । त्यस्तै खड्काले बुढीगंगा २ नै बस्ने निर्मल बस्नेतको घरबाट २४ हजार नगदसहित विभिन्न गरगहना चोरी गरेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्