बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट बझाङका दुई जना बालकको ज्यान गएको छ ।
थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् । अरिंगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए। उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्