समाचार

चट्याङ लागेर १२ जना घाइते 



काठमाडौँ, २० कार्तिक । बितेको चौबिस घण्टामा चट्याङ लागेर देशभर १२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० देखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा चट्याङ लागेर उनीहरू घाइते भएका हुन् । 

चट्याङ लागेर दैलेखको भगवतीमाई गाउँपालिका–५ मा ६ बालबालिका, जाजरकोटको बारेकोट गाउँपालिका–१ मा तीनजना, गुल्मीको मदाने गाउँपालिका–५ मा दुईजना र प्युठानको नौबहीनी गाउँपालिका–७ मा एकजना घाइते भएको प्राधिकरणले जनाएको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ गतेदेखि हालसम्म चट्याङ लागेर देशभर ६६ जनाको मृत्यु भइसकेको छ । सोही अवधिमा चट्याङ लागेर २३३ जना घाइते भएका छन् । 

२०८० सालमा चट्याङ लागेर देशभर ४४ जनाले ज्यान गुमाएका थिए भने २२८ जना घाइते भएका थिए ।