समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



बाँके, २१ कार्तिक । बाँकेको कोहलपुरबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति पक्राउ गरेको हो । 

थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।