काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।
ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले ओलीलाई केही दिन आराम गर्न सुझाव दिएकी छन् ।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो भएको छ । घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको र अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएको हो ।
मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् ।
प्रतिक्रिया दिनुहोस्