काठमाडौँ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटी तथा आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्