काठमाडौँ, २५ कार्तिक । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले आफूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।
आज निवासबाटै प्रहरीको नियन्त्रणमा परेका उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु-याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु पर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’
उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे । जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए ।
त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाई जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्