Banner News

इलाम,जिससमा एमाले विजयी



इलाम, ३० साउन । जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा एमाले को पूरै समूह विजयी भएको छ ।

सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली काँग्रेसका केशव खत्रीलाई पराजित गरे । उपप्रमुखमा एमालेकै चित्रकला बराइली काँग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भए ।

एमालेका सबै उम्मेदवारले १६÷१६ र काँग्रेसका उम्मेदवारले चार÷चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए। जिसस सदस्यमा पूर्णबहादुर बस्नेत, चन्द्रबहादुर मगर, निरूमाया राई, उमाकान्त विश्वकर्मा, रत्नबहादुर अधिकारी, ज्याजिमा तामाङ र हिमकला बस्नेत निर्वाचित भए ।