तनहुँ, २८ कार्तिक । तनहुँमा ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका-१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्