समाचार

विश्वको प्रदूषित सहरमा काठमाडौँ आठौं स्थानमा



काठमाडौँ, ३० कार्तिक । काठमाडौँको वायु प्रदूषणमा केही सुधार आएको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौँ विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौँ विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियो ।

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ । त्यस्तै छिमेकी राष्ट्र भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको  दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ ।