काठमाडौँ, १ मंसिर । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले सार्वजनिक सेवा प्रसारण ऐन, २०५१ को दफाको उपदफा (८) बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधि, २०८१ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।
सूचना प्रकाशन भएको मितिले सात दिनभित्र अर्थात् मंसिर ७ गतेभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन सकिने समितिले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्