काठमाडौँ, १ मंसिर । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङको मृत्यु भएको हो ।
आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो । शुक्रबार गोपिलालसहित ७र८ जना बाख्रा खोज्न जंगल पुगेका थिए ।
सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो र उनको घटनास्थलमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्