काठमाडौँ, २ मंसिर । पाल्पाको रामपुर नगरपालिका ३ बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेकी छन् ।
शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्