राजनीति

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने



काठमाडौँ, २ मंसिर । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ ।

रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टका अनुसार यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने भएको हो ।

उनले भने, ‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।