काठमाडौँ, २ मंसिर । ‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो, जुन अहिलेसम्मकै उच्च हो ।
वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको छ । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।
ह्युस्टनका तीन हलमा ११ शो, ओहायो कोलम्बसका तीन हलमा १३ शो धेरैमध्ये हुन् । विशेषगरी नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सास, ओहायो क्षेत्रमा शो संख्या उच्च देखिएको छ ।
नोभेम्बर ८ मा रिलिज भएको फिल्मले सुरुवाती तीन दिनमा ३५० शो पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्