काठमाडौँ, ३ मंसिर । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
उनी निकट स्रोतका अनुसार आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएजा हुन् । आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ ।
१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्