काठमाडौँ, ५ मंसिर । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ ।
उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ पुर्याइएको हो । साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्