समाचार

विदेश पठाउने भन्दै ठगी आरोपमा एक युवक पक्राउ



काठमाडौँ, ६ मंसिर । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्ज घर भइ काठमाडौँ तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेललाई पक्राउ गरेको हो  छन् । उनले फेसबुकमा सुवेदी अभिशेक नामको आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेका थिए ।

त्यसपछि विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीविरुद्ध अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।

पक्राउ परेका पौडेललाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।