काठमाडौँ, ७ मंसिर । मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमालको मृत्यु भएको हो ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्