Banner News

काठमाडौँ र भरतपुर अस्वस्थकर



काठमाडौँ, ७ मंसिर । काठमाडौँ उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् ।

वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, रत्नपार्कमा १५४ र भरतपुरमा १५२ पुगेको छ ।

उक्त समयमा काठमाडौँको वायुमा पीएम ६१.५ सम्म पुगेको छ । यो मात्रा शुक्रबार दिनभर बढ्ने र राति ११ बजे ६८.९१५ सम्म पुग्ने विभागको पूर्वानुमान छ ।

भरतपुर र हेटौँडामा शुक्रबार दिउँसो १२ बजेसम्म पीएम २.५ को मात्रा १०० भन्दा माथि पुग्ने विभागको पूर्वानुमान छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो त्यति हानिकारक मानिन्छ ।