पोखरा, ९ मंसिर । तीन पटकसम्म गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भएर राजीव गुरुङ (दीपक मनाङे)ले अघि बढाएका करिब सवा अर्बका बहुवर्षीय ठेक्का प्रक्रिया अर्थ मन्त्रालयले रोकेको छ ।
अर्थ मन्त्रालयका सचिव डिल्लीराज रिज्यालले पनि वार्षिक विकास कार्यक्रममा विनियोजित रकममात्र कार्यान्वयनमा पठाउने तर अरु बहुवर्षीयमा ठेक्का लगाउने प्रक्रिया तत्काललाई रोकिएको बताए ।
मनाङेले ५ करोडभन्दा माथिका ५ वटा र त्योभन्दा मुनिका २१ वटा योजनालाई बहुवर्षीय योजनाका रुपमा ठेक्का लगाउन स्रोत सुनिश्चितताका लागि प्रदेशकै अर्थ मन्त्रालयमा पठाएका थिए । मनाङेले अगाडि बढाएकामध्ये एउटामात्र योजना स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको छ भने अरु सबै अर्थ मन्त्रालयले रोकेको छ ।
प्रतिक्रिया दिनुहोस्