रौतहट, १२ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजनालाई घटनाको ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दुर्गाभगवती–४ छतौना बस्ने वर्ष ४८ का महमद जनिफलाई पक्राउ गरेको हो । दुर्गाभगवती गाउँपालिका पिपरा बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गाभगवती ४ बस्ने समरुदिन मियाँ कवारीको श्रीमती वर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा वर्ष २ को रेहानको २०७७ वैशाख ११ गते राति ८ बजे हत्या गरी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फाली फरार भएका थि ए।
प्रतिक्रिया दिनुहोस्