सम्पादकीय

सदा परिवारलाई सहयोग जुट्दै



सप्तरी, १ भदौ । बाढीका कारण बिरामी परेर समयमै उपचार नपार्इ ज्यान गुमाएका कमलु सदाका परिवारलाई विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

बाढीका कारण समयमा उपचार नपाई मृत्यु भएका कमलुको चारैतिर जलाम्य भएको अनस्थामा सद्गगद गर्ने जमिन समेत नपाएर उनको परिवारले कोसीको बाढीमा बगाएर अन्तिम संस्कार गरेका थिए ।

सदा परिवारको आर्थिक अवस्था कमजोर रहेकोबारेमा समाचार आएपछि बुधबार उनको परिवारलाई पत्रकार मार्फत र आफैं गएर विभिन्न व्यक्तिले ९३ हजार पाँचसय रुपैयाँ नगद सहयोग गरेका छन् ।

आर्घाखाँची जिल्लाको पाली–५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएका यमकुमार श्रेष्ठले २७ हजार, गोरखाको अजिरकोट गाउँपालिका–३ उप्पलोथोकका रामचन्द्र अधिकारीले १० हजार, पोखरा लेखनाथ कास्की महानगरपालिका–४ घर भइ गोपालजी ट्रेडिङका सञ्चालक किरण बानियाँले १० हजार र काठमाडौंका कृष्णप्रसाद भुषालले एकहजार पाँचसय गरी कुल ४८ हजार पाँचसय रुपैयाँ सदा परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

उक्त रकम सदा परिवार विस्थापीत जीवन बिताइरहेको हनुमाननगर–कुनौली सडक खण्डको कोसी बाँधस्थित त्रिपालमै गएर कमलुका बुबा फुदन सदा र आमा बिमलीदेवी सदालाई बुधबार हस्तान्तरण गरियो । कान्तिपुरमा समाचार छ ।