Banner News

उपनिर्वाचनले ८४ को चुनावको सङ्केत दिन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको सङ्केत दिने बताएका छन् । 

कीर्तिपुरमा माओवादीले आयोजना गरेको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् । सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन । मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् । यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ ।’