काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल कांग्रेस र एमालेले शुक्रबार सहमति गरेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरेको छ ।
उक्त सहकार्य फ्रेमवर्क निर्माणमा सहभागि एक नेताका अनुसार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्न लागिएको हो । उक्त सबै परियोजना नेपालले चीनलाई अनुदानमा निर्माणको लागि आग्रह गर्न लागेको हो ।
नेपालले प्रस्ताव गर्न लागेको परियोजनाहरुमा एक जलविद्युत् आयोजना, एक ट्रान्समिसन लाइन, नेपाल–चीन औद्योगिक फ्रेन्ड्स पार्क, मैत्रीपूर्ण पार्क, झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स, मदन भण्डारी विश्वविद्यालय र काठमाडौं साइस्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम छ ।
प्रतिक्रिया दिनुहोस्