राजनीति

प्रधानमन्त्रीको भ्रमणपछि चीनको सहयोग थप विस्तार हुनेछ : परराष्ट्र मन्त्रालय



काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको बताए ।

उनले भने, ‘खासगरी कनेक्टिभिटी, ट्रेड, इन्भेष्टमेन्ट, टुरिजम, इन्फ्रा इस्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायतका सहयोगका क्षेत्रमा यसपटक थप छलफल हुनेछ । सहयोग थप विस्तार हुनेछ भन्ने विश्वास छ,’ ‘बीआरआईको विषयमा पनि छलफल र वार्ता भइरहेको छ ।’ ‘यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास छ । नेपाल र चीनबीच विगत लामो समयदेखि विविध क्षेत्रमा सहकार्य र सहयोग हुँदै आएको छ,’ ।