सम्पादकीय

सरकार र संघसंस्थाको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग



काठमाडौ, १ भदौ । रौतहट, बारा, हेटौडा ( रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् ।  त्यो पनि गाउँलेले दिएका हुन् ।

उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन् । चार दिन बितिसक्यो त सरकार आयो न त कुनै संघसंस्था उनले दुखेसो पोखिन् चामल धान, गहुँ र कपडा सबै बगायो, अब बाँच्ने आधार छैन ।

बाढीले उक्त वडाका १ सय परिवार विस्थापित भएका छन् । गाउँमा नयाँ मान्छे आउनेबित्तिकै राहत पाउने आसमा झुम्मिहाल्छन् उनीहरु ।, कान्तिपुरमा समाचार छ ।