काठमाडौँ, १८ मंसिर । डडेल्धुराबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले भागेश्वर गाउँपालिका-३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्