काठमाडौँ, २० मंसिर । आज सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।
यो सातामा समग्रमा परिसूचकमा १४ अङ्कको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अङ्कले घट्यो । सोमबार २० अङ्कले बढ्यो भने मंगलबार १८ अङ्कले उक्लियो । बुधबार र आज बिहीबार भने बजार घट्यो । हिजो बुधबार २५ अङ्कले घट्दै परिसूचक २७५० बिन्दुमा थियो ।

कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स कम्पनी शीर्ष नम्बरमा रह्यो । यसको ४२ करोड १९ लाख ३९ हजारको कारोबार भएको छ । बिहीबार व्यापार उपसमूहको सूचक ३.६७ प्रतिशतले बढ्यो । जीवन बिमा कम्पनीको ०.७९ प्रतिशतले बढ्दा अन्य सबै उपसमूहको सूचक भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस्