काठमाडौं, २ भदौ । पछिल्लो एक वर्षमा नेपारभर गरी २ हजार बालबालिका बेपत्ता भएको पाइएको छ । सरकारी निकाय बालिबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ ।
केन्द्रको तथ्यांकमा बेपत्ता हुनेहरुमध्ये १ देखि १८ वर्षमुनिका बालबालिकाहरु धेरै छन् । तिनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।
‘बेपत्ता बालबालिकाहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने यकिन नभए पनि हामीले खोज्ने कामलाई रोकेका छैनौं,’ उनले भने, भेटिने क्रम पनि छ तर बालिका भने भेटिन मुस्किल छ ।’
तथ्यांकमा २ हजार ७ सय ७२ जना बालबालिका नेपालभरबाट हराएका छन् । जसमा १ हजार ४७ जना बालक र १ हजार ७ सय २५ जना बालिका छन् । समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्