काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ ।
विवाहको हल्ला यति फैलियो कि यतिबेला स्वयं पल शाहले सामाजिक सञ्जालबाट प्रष्टीकरण दिनुपरेको छ । आफ्नो विवाहको खबरले आफैं चकित परेको उनको भनाइ छ । यो खबरमा सत्यता नरहेको उनले बताएका छन् ।
पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’
प्रतिक्रिया दिनुहोस्