सम्पादकीय

स्मार्ट लाइसेन्स लिन यसकारण कुर्नुपर्छ तीन महिना



काठमाडौ, २ भदौ । यातायात व्यवस्था विभागको लापरबाहीले प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले स्मार्ट सवारी लाइसेन्स लिन तीन महिना कुनुनपर्ने अवस्था आएको छ ।

विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सोवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो ।भएका चारवटा प्रिन्टर समेत नियमित सञ्चालनमा नआँउदा समस्या थप जटिल भएको विभागका एक अधिकृतले बताए ।

पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।

विभागले उपत्यकासहित १३ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स जारी गर्दै आएको जनाएको छ । नागरिकमा समाचार छ ।