Banner News

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै



काठमाडौँ, २३ मंसिर । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान गृहजिल्ला झापा जाँदैछन् ।

उनी पर्सिमात्र काठमाडौँ फर्किने तयारी छ । हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उदघाटन गर्ने कार्यक्रम छ ।