काठमाडौँ, २३ मंसिर । सेयर बजार परिसूचक (नेप्से) एकैदिन ४६ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) बजार ४५.९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४.९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर कारोबार भयो ।
बजारमा आज २१४ कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । आज बजारमा सबै प्रकारका परिसूचक र उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट जीवनबीमा समूहको ३.०८ प्रतिशतले हुँदा सबैभन्दा थोरै उत्पादन तथा प्रशोधनमूलक उद्योगको ०.३२ प्रतिशतले मूल्य घटेको छ ।
आज बजारमा मानुषी लघुवित्त, एलआईसी नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेकर लाग्दा सामुदायिक लघुवित्तको सेयर मूल्य समेत ९.९७ विन्दुले घटेको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्