काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक ठानिएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने, “…हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,”
उनका अनुसार, उपनिर्वाचनको नतिजाबारे बैठकमा ‘सामान्य’ छलफल भएको थियो । “स्थानीय निर्वाचनको विविध स्थानीय पक्षहरू, वडा तह समेतको निर्वाचन हो,” उनले भने, “त्यसलाई राष्ट्रिय मोडको रूपमा बुझ्नु हुँदैन ।”










प्रतिक्रिया दिनुहोस्