समाचार

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु



काठमाडौँ, २४ मंसिर । लम्जुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान मर्स्याङदी गाउँपालिका-६ ठुलबेसिस्थित सडकमा ग.१ त ६१४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक बस्ने २५ वर्षीय मेग राज लामाको घटनास्थलमै मृत्यु भएको  हो  ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।