समाचार

आजको मौसम



काठमाडौँ, २७ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मख्यतया सफा रहेको छ । 

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि मौसम मुख्यतया सफा विभागले जनाएको छ ।  

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।