Banner News

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै



काठमाडौँ, २७ मंसिर । कास्की प्रहरीको हिरासतमा रहेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको  तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।