इटहरी, ३ भदौ । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित इटहरी नगरपालिकाका बाढीपीडितलाई आईएमई फाउन्डेसनले राहत वितरण गरेको छ ।
नगरका १ हजार भन्दा बढी बाढीपीडितलाई फाउन्डेसनले राहत उपलब्ध गराएको हो । आईएमई फाउन्डेसनले इटहरी उपमहानगरपालिका ३,१०,१४ नम्बर वडाका एक हजार जनालाई राहत उपलब्ध गराएको छ ।
संस्थाले बाढीपीडितलाई दैनिक जिवनमा प्रयोग हुने खाद्यान्न,लत्ताकपडा लगाएतका सामग्रीहरु प्रदान गरेको छन । आईएमई फाउन्डेसनले सुनसरीसँगै सिराहा,सप्तरी र झापाका बाढीपीडितहरुलाई समेत राहत वितरण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्