समाचार

आजको मौसम



काठमाडौँ, ३० मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जला तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ । काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउसो  देशभर मौसम मुख्यतया सफा रहने छ । यसैबिच, काठमाडौँ उपत्यकामा आज बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।

आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।