भक्तपुर, १ पौष राष्ट्रको लागि २ घण्टा अभियानले वातावरणसँग जोडिएका विभिन्न सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई आवाश्यक सुझाव दिएको छ ।
वातावरणको विषयमा काम गर्ने संघसंस्था, अभियन्ता,वातावरणविद एवं सरोकारवालाहरुको विचबाट उठान गरिएका विषयलाई समेट्दै सुझावपत्र दिएको अभियानका अध्यक्ष मधु ढुगेंलले अवगत गराए । वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले देशको संघीय राजधानी काठमाडौं केहि वर्षयता विश्वकै प्रदुषित शहरहरुमध्यको सूचीभित्र लिपिबद्ध छ, यस प्रति विशेष चिन्तित बन्दै मन्त्री सिलवालले बढ्दो प्रदुषणको कारण पहिचान गरि नियन्त्रणको विशेष योजना बनाई मन्त्रालय अगाडि बढ्न तत्पर रहेको उल्लेख गरेका छन् ।
वातावरण प्रदुषण एक समस्या र चूनौति विषयक अन्र्तक्रिया कार्यक्रममा वातावरणविद भोला भट्टाराईले वायूप्रदुषण समाधानका उपाय, चूनौती र सम्भावनाका बारेमा प्रकाश पारेका थिए । वातावरणसँग आवद्ध १ सयभन्दा बढी संस्थागत प्रतिनिधित्व रहेको कार्यक्रममा वागमती सफाई महाअभियानका प्रमुख अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौडेल, भक्तपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी भण्डारी, चाँगुनारायण नगरपालिका वडा नं .२ का वडाअध्यक्ष एवं नगर वातावरण समितिका संयोजक सोम प्रसाद प्रधान, राष्ट्रका लागि २ घण्टा अभियानका सल्लाहकार गोपी न्यौपाने, अभियन्ताहरु डा. माला खरेल, मित्र घिमिरे, चन्द्र दंगाल, शोभाकान्त पाण्डे, लक्ष्मी प्रसाद बुढाथोकी, प्रिति शर्मा, विनिता कार्की, प्रकाश काफ्ले लगायतले वातावरण प्रदुषणको बारेमा आफ्नो महत्वपूर्ण धारणा प्रस्तुत गरेका थिए ।
राष्ट्रको लागि २ घण्टा अभियानले हालसम्म वातावरण स्वच्छता कायम राख्न पुरयाएको विशेष योगदानप्रति कार्यक्रममा सहभागीबाट खुलेर प्रशंसा गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले अवगत गराए । यस कार्यक्रमका संयोजक समेत रहेका अभियानका महासचिव नबराज काफ्लेले राष्ट्रको लागि २ घण्टा अभियानले कार्यक्रममा सहभागी सबैको रायसुझावलाई समेट्दै आगामी वर्षको योजनामा लिपिबद्ध गर्न वागमती प्रदेश बन तथा वातावरण मन्त्रालयमा अनुरोध गरिने अवगत गराए ।










प्रतिक्रिया दिनुहोस्