काठमाडौँ, १ पौष । उपसभामुख इन्दिरा रानाले पत्रकारले ‘काइते समाचार लेख्ने’ गरेको आरोप लगाएकी छिन् ।
आज संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको विमोचनमा उपसभामुख रानाले पत्रकारले सकारात्मक समाचार लेख्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘‘पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् । त्यस्तो न्युजले जनता थप डिप्रेसनमा जानसक्छन्,’’, ‘‘निरास हुने कुरा मात्र नभएर सकारात्मक कुरा लेख्नु भयो भने युवाहरू स्वदेशमा बस्ने अवस्था बन्न सक्छ।’
उनले कतिपय अवस्थामा तथ्य लेख्दा समेत जनतामा निराशा आउन सक्ने भन्दै पत्रकारले देश बचाउने विषयमा ध्यान दिनुपर्ने बताइन्।










प्रतिक्रिया दिनुहोस्