राजनीति

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने 



काठमाडौँ, २ पौष । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवेश गर्नेहरूलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने भएको छ ।

स्थायी कमिटी बैठकको निर्णय समावेश गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार जारी गरेको सर्कुलरमा पार्टी एकतामा जोड दिने उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, “मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने । विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ,” ।